सविता भण्डारीलाई महान्यायाधिवक्ता बनाउने तयारी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी गरिरहेकी छन् ।
बालुवाटार स्रोतका अनुसार कार्कीले राष्ट्रपति कार्यालयमा बरालको नाम सिफारिस गर्ने अन्तिम तयारी गर्दैछिन् ।
यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरिसकेका छन् । बडालको राजीनामापछि नयाँ नियुक्तिको प्रक्रिया तीव्र गरिएको हो ।















