शिवम् सिमेन्ट्सका प्रबन्ध निर्देशक मारुको राजिनामा स्वीकृत
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडका संचालक एवं प्रबन्ध निर्देशक रघुनन्दन मारुको राजिनामा स्वीकृत भएको छ ।
कम्पनी संचालक समितिको भदौ २९ गते बसेको बैठकले सोही दिनदेखि नै लागू हुने गरि पदबाट राजिनामा स्वीकृत भएको हो । मारुले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजिनामा दिएका थिए ।














