एमाले अब पनि चाँडै नै जनतामा पुनस्थापित हुन्छ : भट्टराई
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले एमालेले यस अघि पनि विभिन्न संकट झेल्दै स्थापित भएकोले अब पनि चाँडै नै जनतामा पुनस्थापित हुने बताए ।
सामाजिक सञ्जालमा लेख्दै भट्टराईले परिस्थितीको वश्तुनिष्ठ विष्लेषण गरेर सही निष्कर्षमा पुग्नु आजको आवश्यकता भएको भट्टराईको भनाइ छ ।
‘परिस्थितीको वश्तुनिष्ठ विष्लेषण गरेर सही निष्कर्षमा पुग्नु,आवेश वा आग्रह भन्दा पर रहेर भएका कमीकमजोरीहरु सच्याउदै भविषयका चुनौति आजको आवश्यकता हो ’सामाजिक सञ्जालमा विगतका घटना सम्झाँउदै भट्टराईले लेखेका छन्,‘प्रतिकुलता आज मात्र आएको होइन, विगतमा पनि हामीले धेरै कठिन क्षणहरु व्योहोरेका थियौं । एक पटक विगततिर पनि फर्कौं ।’
२०५० सालमा महासचवि मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जीप दुर्घटनामा मृत्यू, २०५४ सालमा एमालेको विभाजन, माओवादी युद्धमा करिब ५ सय एमाले कार्यकर्ताको बलिदान, २०५९ मा राजाको ‘कु’लाई प्रतिगमन आधा सच्चिएको तर पछि शाही घोषणाले निरंकुशता लादिएको, २०६४ को संविधानसभा निर्वाचनमा पार्टीको सशर्मनक पराजय र २०७८ मा भएको पार्टी विभाजनलाई भट्टराईले एमालेको जीवनमा आएका आँधिबेहरीको रुपमा प्रष्तुत गरेका छन् ।
भट्टराईले विगतबाट पाठ सिकेर पार्टीप्रति बफादार कार्यकर्ता पंक्तीले नै पार्टी जोगाएको बताए । आजको संकटमा पनि पार्टीलाई जोगाउन आम कार्यकर्तालाई आह्वान गर्दै लेखेका छन्,‘आजको प्रतिकुलतामा देशभक्त,इमानदार र पार्टीप्रति बफादार कार्यकर्ता पंक्ति र त्यसबाट प्रशिक्षित नयाँ पुस्ता सहितले यस कठिनाइलाई पनि अवशरमा रुपान्तरण गर्दै अघि बढाउने छ ।’ भट्टराईले सबै कार्यकर्तालाई बिचलित नभइ दृढ निश्चयका साथ अगाडी बढ्न आग्रह गरेका छन् ।















