कुलमानको पदभार ग्रहणको भिडमा देखिएनन् निर्देशक शाक्य
काठमाडौं । कुलमान घिसिङको ऊर्जामन्त्रीको रूपमा पदभार ग्रहणमा घुइचो लागेपनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्य भने अनुपस्थित थिए ।
मन्त्रालयका विशिष्ट कर्मचार, सञ्चारकर्मी लगायतको बाक्लो उपस्थिति रहेको पदभार कार्यक्रममा निर्देशक शाक्य भने अनुपस्थित भएका हुन् ।
घिसिङ र शाक्य बीचको इगोको लडाइँ पुरानो हो । शाक्यलाई यसअघिको सरकारको नेतृत्वले कार्यकारी निर्देशक नियुक्त गरेको थियै । त्यसपछि घिसिङले अदालतमा रिट दायर गरेका थिए । तर, उनले अन्तरिम आदेश प्राप्त गर्न सकेनन् ।
यस्ता घटनाहरूको कारण शाक्यको अनुपस्थिति भएको आम बुझाई छ ।















