सेयर बजार बुधबारदेखि नै खुल्ने
काठमाडौं । सेयर बजार असोज १ गते बुधबारदेखि खुल्ने भएको छ । यसअघि २ गते खुल्ने भनिएको बजार नेपाल स्टक एक्स्चेन्जले नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि बुधबारदेखि नै खोल्ने भएको हो ।
सबै पक्षसँग छलफल र परामर्श गरेपछि बुधबारदेखि बजार खोल्ने निर्णय गरिएको बोर्डका एक अधिकारीले बताए ।
असोज २ गतेसम्म कारोबार बन्द गर्ने भनी नेप्सेले सूचना जारी गरे पनि यो निर्णय खारेज भएको हो ।बोर्डले यसबारे नेप्सेलाई सूचना पठाएपछि मात्र नेप्सेले जानकारी सार्वजनिक गर्ने जनाएको छ ।
भदौ २३ र २४ गते राजधानी काठमाडौंसहित देशका शहरहरुमा जेनजी प्रदर्शनका नाममा भएको विध्वंशपछि २४ गतेयता बजार बन्द गरिएको थियो ।













