२९.९ प्रतिशत बढ्यो रेमिट्यान्स, एकै महिना भित्रियो १ खर्ब ७७ अर्ब
काठमाडौं । एकै महिना डेढ खर्ब बढी रेमिट्यान्स (विप्रेषण आप्रवाह) नेपाल भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा भने २९.९ प्रतिशत बढी हो । अघिल्लो साउनमा भने १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रहेको रेमिट्यान्स आएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशत वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।













