मंगलबार २ लाख १७ हजार नाघ्याे सुनकाे मूल्य, चाँदीकाे कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मंगलबार २ लाख १७ हजार नाघ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?



काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुन मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २५ सय ९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला २५ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस्