जेनजी आन्दोलनमा लुटिएका हातहतियार र सामान ओसारपसार नगर्न विभागको निर्देशन
काठमाडौं । यातायात व्यवस्था विभागले जेनजी आन्दोलनको क्रममा लुटिएका हातहतियार र अन्य सामानहरू सार्वजनिक तथा निजी सवारी साधनमार्फत ओसारपसार नगर्न अनुरोध गरेको छ ।
विभागले एक सार्वजनिक सूचना प्रकाशन गर्दै यस प्रकारका सामाग्रीहरूको ओसारपसार गर्न भनेको छ ।
भदौ २३ र २४ का दिन काठमाडौँ र अन्य स्थानहरूमा भएको जेनजी आन्दोलनका क्रममा विभिन्न सरकारी र निजी सवारी साधनबाट लुटपाट भएको थियो ।
लुटिएका हातहतियार र अन्य सामानहरू सार्वजनिक यातायात र मालबाहक सवारी साधनमार्फत ओसारपसार हुने जोखिम रहेको विभागले जनाएको छ ।
विभागले सबै यात्रु, सवारी चालक, सवारी परिचालक र सवारी धनीहरूलाई सचेत रहन आग्रह गरेको छ ।
















