दशैँका लागि गाडीको अग्रिम टिकट बुकिङ नखुल्ने, के होला भाडा ?
काठमाडौं । दशैँको लागि गाडीको अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।
यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीबीचको छलफलपछि विषम परिस्थितिका कारण यसपाली अग्रिम टिकटको प्रक्रिया रोक्ने सहमति भएको हो ।
यातायात व्यवसायीहरुका अनुसार यस वर्षको दशैँमा टिकट बुकिङको स्थिति अनिश्चित रहेको र यात्रुहरुको भीडका कारण अग्रिम टिकट नखुलाउने निर्णय गरिएको छ ।
यसपाली भाडा पनि नबढाउने सहमति भएको व्यवसायीले बताएका छन् । कम्पनीहरुले क्रमिक रूपमा बुकिङ प्रक्रिया सुरु गरेपनि सार्वजनिक रूपमा निश्चित मिति र समय भने तोकिएको छैन ।















