कक्षा १२ को मौका परीक्षाको नयाँ तालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को संशोधित नयाँ तालिका सार्वजनिक गरेको छ ।
स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षा अब असोज ७ र ८ गते हुने भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलनका कारण हिंसात्मक बनेपछि स्थगित गरिएको थियो ।












