७ श्रावण २०८३, बिहिबार

साढे १० अर्बको सेयर निष्कासन गर्न अनुमति : स्वीकृति पाउनेमा म्युचुअल फन्ड धेरै, आइपीओ कति ?



काठमाडौं । एक महिनामा साढे १० अर्ब रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति पाएका छन् ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो अर्थात् साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

नेपाल धितोपत्र बोर्डले साउनमा १० अर्ब ३३ करोड रुपैयाँ सेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ । बोर्ड सबैभन्दा धेरै म्युचुअल फन्ड निष्कासनका लागि अनुमति दिएको हो ।

साउनमा कुल ६ अर्ब ८ करोड बराबरको म्युचुअल फण्ड जारी गर्न अनुमति दिएको हो । यस्तै, ३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर जारी गर्न अनुमति प्रदान गरेको छ ।

साउनमा ४७ करोड १५ लाख बराबरको साधारण सेयर (आइपीओ) निष्कासनका लागि अनुमति दिएको छ ।


प्रतिक्रिया दिनुहोस्