अरुण भ्याली हाइड्रोपवारको लाभांश घोषणा, ८ प्रतिशत बोनस सेयर दिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अरुण भ्याली हाइड्रोपवारको लाभांश घोषणा, ८ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । अरुण भ्याली हाइड्रोपवार डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई ८.४२१ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीले गत आर्थिक २०८१–८२ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको असोज २ गते बिहान बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

अब प्रस्तावित उक्त लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गर्नेछ । त्यसपछि वितरणयोग्य हुनेछ।


प्रतिक्रिया दिनुहोस्