नेपाल ल्युब आयलले २० प्रतिशत बोनस दिने
काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको लाभांश घोषणा भएको छ । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैठकले यो वर्ष आफ्ना सेयरधनीलाइ वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७ करोड ६६ लाख ९८२ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।












