अमेरिकामा गोली हानेर तीन प्रहरीको हत्या
एजेन्सी । अमेरिकामा गोली हानेर तीन प्रहरीको हत्या भएको छ।बुधबार दिउँसो २ बजे पेन्सिलभेनिया राज्यको उत्तरी कोडोरस टाउनशिपको योर्क काउन्टीस्थित एउटा स्कुल नजिकै गोली हानेर तीन जनाको हत्या भएको बिबिसीले उल्लेख गरेकाे छ ।
प्रहरीको जबाफी फायरिङमा गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको छ ।
उक्त घटनामा दुई प्रहरी गम्भीर घाइते भएका छन् । घटनाबारे पनि प्रहरीले विस्तृत अनसन्धान गरिरहेको छ भने गोली चलाउने व्यक्ति र घटनाबारे खुलासा गरेकाे छैन ।
प्रहरी अधिकारीहरुको हत्या भएपछि पेन्सिलभेनिया राज्यका सरकारी कार्यालयहरुमा झन्डा आधा झुकाउने निर्णय भएको छ।













