२४ भदौ २०८३, बुधबार

सेयर बजारमा नकरात्मक सर्किट, २० मिनेटका लागि रोकियो कारोबार



काठमाडौं । सेयर कारोबारमा नकरात्मक सर्किट लागेको छ । जेनजी आन्दोलनपछि खुला भएको कारोबारमा नकरात्मक सर्किट लागेको हो । योसँगै कारोबार २० मिनेटका लागि स्थगित भएको छ ।

कारोबार खुलेको २ मिनेटमा नै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको हो । अब कारोबार ११ बजेर २२ मिनेटमा खुला हुनेछ ।