राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की
काठमाडाैं । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख तथा मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई विभाग प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि विभागका तत्कालीन प्रमुख हुतराज थापा भदौ २८ गतेदेखि अनिवार्य अवकाशमा गएका थिए। त्यसयता मुख्य अनुसन्धान निर्देशकको पद रिक्त भएको थियो।













