११ श्रावण २०८३, सोमबार

मुग्लिन–नारायणगढ सडक आज दिउँसो २ घण्टा बन्द



काठमाडौं । तुइन खोला पुल नजिक खसेको बाँकी पहिरो हटाउन मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो १ बजेदेखि ३ बजेसम्म दुई घण्टाका लागि बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडक पूर्ण रूपमा खोल्न बाँकी माटो र ढुंगा हटाउने तयारी भइरहेको छ । दशैंको चाप बढ्दै गएकाले सडक दुईतर्फी बनाउन पहिरो पूर्णरूपमा पन्छाउने योजना बनाइएको हो ।

अहिले तुइन खोलासम्म सडक एकतर्फी सञ्चालनमा छ भने अन्य खण्डमा यातायात सामान्य छ । यात्रुहरूलाई लेन अनुशासन पालना गर्न ट्राफिक प्रहरीको आग्रह छ ।