११ श्रावण २०८३, सोमबार

जेनजी आन्दोलनपछि गृहसचिवमा फेरबदल, दंगाललाई तोकियो जिम्मेवारी



काठमाडौं । सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रामेश्वर दंगाललाई जिम्मेवारी दिइएको छ ।

दुवाडीमाथि जेनजी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लाग्दा उनलाई योजना आयोग सचिवालयमा सरुवा गरिने स्रोतले जनाएको छ । दंगाल यसअघि गृह प्रशासन क्याडरमा रहँदै रक्षासचिव थिए । प्रधानमन्त्री कार्यालयले चाँडै निर्णय कार्यान्वयन गर्ने बताएको छ ।