दाेहाेराे अंकले घट्याे सेयर बजार, ४ अर्ब १२ कराेडकाे काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दाेहाेराे अंकले घट्याे सेयर बजार, ४ अर्ब १२ कराेडकाे काराेबार



काठमाडाैं । यस साता दुई काराेबार दिन उच्च अंकले बढेकाे सेयर बजार बुधबार दाेहाेराे अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक २७.८९ अंकले घटेको छ ।

आज १.०३ प्रतिशतले घटेकाे सेयर बजार २ हजार ६ सय ५४ दशमलव ३५ बिन्दुमा झरेकाे छ ।

नेप्से परिसूचकसँगै यसदिन काराेबार रकममा पनि गिरावट आएकाे छ । आज ३१७ कम्पनीकाे ९४ लाख ८ हजार ६६३ कित्ता सेयर ४ अर्ब १२ कराेड ४८ लाख २१ हजार रूपैयाँमा काराेबार भएकाे छ ।

हिजाे ३ सय २८ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएको थियाे ।

आज उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ५ दशमलव ३८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माथिल्लो मैलुनखोला जलविद्युत्, सिटी होटल र हिमस्टार ऊर्जा कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्