अब सरकारी सवारी साधनको अनिवार्य बीमा
काठमाडौं । अब सरकारी सवारी साधनको कम्प्रिहेन्सिभ निर्जीवन बीमा अनिवार्य गरिने भएको छ ।
असोज ६ गतेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । अर्थ मन्त्रालयले सबै सरकारी सवारी साधनहरु (नयाँ खरिद र पुराना) को पूर्ण बीमा गर्न निर्देशन दिएको छ ।
यसअघि, सरकारी सवारी साधनको बीमा गरिएको थिएन । जसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनीका कारण ठूलो क्षति पुर्याएको छ । बीमा नहुँदा ठूलो आर्थिक भार वहन गर्नुपरेको छ ।













