जेनजी आन्दोलनको क्षतिपूर्ति, पुनर्निर्माण कोषमा सहयोगका लागि मन्त्री घिसिङको अपिल
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण कोषमा योगदान गर्न सर्वसाधारण, निजी क्षेत्र, र अन्तर्राष्ट्रिय साझेदारलाई आह्वान गरेका छन् ।
सरकारले गत भदौ २३ र २४ गतेको आन्दोलनले पुर्याएको क्षतिको जोखिम न्यूनीकरण र पुनरुत्थानका लागि कोष स्थापना गरेको छ । अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समितिको गठन गरी कार्ययोजना पनि स्वीकृत गरिएको छ ।
मन्त्री घिसिङले सबै तहका सरकार, गैरआवासीय नेपाली, मित्रराष्ट्र र विकास साझेदारसँग हातेमालो गरी छिटोभन्दा छिटो पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् ।













