११ श्रावण २०८३, सोमबार

मोबाइल वालेटमा ४० पटक रकम जम्मा गर्न मिल्ने, राष्ट्र बैंकले बढायो कारोबारको सिमा



काठमाडाैं । नेपाल राष्ट्र बैंकले मोबाइल वालेटबाट गर्न पाउने दैनिक कारोबार सङ्ख्याको सीमा बढाएको छ ।

दसैँ–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने वालेटमा रकम जम्मा गर्न सकिने सीमामा अस्थायी वृद्धि गरेको हो ।

अहिले प्राकृतिक व्यक्तिले वालेटबाट दिनमा बढीमा १० पटकसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था छ । यसलाई बढाएर बैंकले अधिकतम दैनिक ४० पटकसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको हो ।

यो व्यवस्था असोज १३ गते (फूलपातीको दिन) देखि पूर्णिमाको दिनसम्म लागु हुनेछ । बैंकले डिजिटल दक्षिणा भुक्तानीलाई सहज गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएकाे छ।