जेनजी आन्दोलनबाट प्रभावित ऋणीलाई कर्जा पुनर्तालिकीकरणको सुविधा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेनजी आन्दोलनबाट प्रभावित ऋणीलाई कर्जा पुनर्तालिकीकरणको सुविधा



काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण परिस्थितिबाट प्रभावित उद्योग, व्यापार र ऋणीहरूलाई नेपाल राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरण र पुनर्संरचनाको सुविधा दिने भएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन अनुसार प्रभावित ऋणीले २०८२ पुस मसान्तसम्म यो सुविधा लिन सक्नेछन् ।यस्ता कर्जालाई असार मसान्तसम्मको वर्ग अनुसार नै कायम राख्नुपर्ने व्यवस्था गरिएको केन्द्रिय बैंकले जनाएको छ ।

प्रभावित ऋणी संस्थासँग प्रत्यक्ष सम्बन्ध (फरवार्ड–ब्याकवार्ड लिङ्केज) भएका ऋणीलाई कम्तीमा ५ प्रतिशत ब्याज असुल गरी कर्जा पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था गरिएको छ । यस्ता कर्जाको वास्तविक प्रभावको मूल्यांकन सम्बन्धित बैंक वा वित्तीय संस्थाले गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्