सार्वजनिक यातायातका सेवा प्रदायकलाई भाडादर र टिकट वितरण व्यवस्थित गर्न सरकारको निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चाडपर्वलक्षित सार्वजनिक यातायातलाई व्यवस्थापन तथा सहजीकरण गर्न सम्बन्धीत सरोकारवालामा अनुरोध गरेको छ।
स्वीकृत भाडादर एवं प्रचलित कानूनको प्रतिकूल हुनेगरी निर्धारित भन्दा बढी भाडा असुल्ने, टिकटको कालाबजारी गर्ने तथा टिकट बिक्री वितरणमा असहजता सिर्जना गर्ने जस्ता यात्रु र नागरिकस्तरमा गुनासो बढ्दै गएको भन्दै मन्त्रालयले सार्वजनिक यातायातका सेवा प्रदायकलाई भाडादर, टिकट बिक्री र वितरण प्रक्रिया व्यवस्थित गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले प्रचलित कानून, स्वीकृत भाडादर तथा निर्णय बमोजिम मात्र टिकट काट्नेरकटाउने र अनलाइन सेवाहरूलाई व्यवस्थित गर्न समेत आग्रह गरेको छ ।
अत्यावश्यक सार्वजनिक सेवालाई व्यस्थित गर्ने सम्बन्धी प्रचलित कानून, नेपाल सरकारद्वारा स्वीकृत भाडादर एवं चाडपर्वलक्षित सार्वजनिक यातायातलाई सहजीकरण गर्ने सम्बन्धी यस पूर्वका निर्णय विपरित भाडा असुल गर्ने तथा टिकट कालोबजारी गरेको पाइएमा कानूनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।













