सेवानिवृत्त पदाधिकारीको कानून विपरीतका सुविधा रोक्न अर्थमन्त्रालयकाे निर्देशन
काठमाडौं । अर्थ मन्त्रालयले सेवानिवृत्ति राजनीतिक तथा प्रशासनिक पदाधिकारीले कानून विपरीत लिइरहेको सुविधा राेक्न गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ ।
अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न प्रचलित कानून बमोजिम बाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न निर्देशन दिएकाे हाे ।
गत असोज ५ गतेकाे मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्न गरेका विभिन्न निर्णय कार्यान्वयन गर्ने क्रममा अर्थले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो ।













