शिखर इन्स्योरेन्सद्वरा जेनजी आन्दोलनमा भएको क्षतिको ३० करोडको दाबी भुक्तानी
काठमाडौँ । शिखर इन्स्योरेन्सले हालैको देशमा भएको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी सुरु गरेको छ ।
शिखर इन्स्योरेन्सका विमितहरुको सम्पत्तिमा भएको क्षतिहरूको बिमा
दाबी फर्छ्यौट गर्न कम्पनीको प्रतिबद्धता अनुरूप ग्राहकमैत्री सेवा र द्रुत गतिमा बिमा दाबी भुक्तानी गर्दै आएको छ ।
२०८२ भाद्र २३ र २४ मा भएको क्षतिहरू मध्ये कम्पनीबाट छोटो समयमै ४० भन्दा बढी विमितहरुलाई करिब रु.३० करोडको दाबी भुक्तानी भएको कम्पनीले जनाएको छ ।
राष्ट्र पुनर्निर्माणको यात्रामा शिखर इन्स्योरेन्सको सहयात्राको प्रतिबद्धता अनुरूप विमित ग्राहकहरूले भोग्नु परेको कठिन परिस्थितिमा तत्काल राहत पु¥याउन तथा राष्ट्रको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि दाबी भुक्तानीलाई छिटो, सहज र पारदर्शी बनाउँदै आएको छ ।
दाबी प्रक्रियालाई सहज र सरल बनाउन कम्पनीबाट सरलीकृत दाबी प्रक्रिया, डिजिटल सेवाका साथै, दाबी सहायता डेस्क र द्रुत अनुगमन सेवा प्रदान गर्दै आएका छ । भने कम्पनीबाट खटाइएका सर्भेवर तथा कम्पनीका कर्मचारीहरूबाट क्षति मुल्याकंनका लागि ग्राहकहरूलाई प्रत्यक्ष सहजीकरण गर्दै आएको कम्पनीले जनाएको छ ।
शिखर इन्स्योरेन्सले विगतमा २०७२ को भूकम्प तथा गत वर्ष परेको बाढीका कारण सृजित बिमा दाबीको समेत पारदर्शी र द्रुत गतिमा बिमा दाबी भुक्तानी गरी दाबी भुक्तानीमा अग्रणी कम्पनी बन्दै आएको छ ।













