आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा विदेशी पर्यटकहरुको लागी नयाँ बीमालेख सुरु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा विदेशी पर्यटकहरुको लागी नयाँ बीमालेख सुरु



काठमाडौं । नेपालमा आउने विदेशी पर्यटकहरूको सुरक्षा र विश्वासलाई प्राथमिकता दिँदै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ट्रेकिङ तथा सुरक्षा उपकरण व्यवस्थापन कम्पनीसँगको सहकार्यमा, विदेशी पर्यटकहरुलाई लक्षित गरी नयाँ बीमा योजना ल्याएको छ ।

खास गरेर नेपालको विभिन्न भागमा घुम्नको लागि, पदयात्राको लागि र हिमाल आरोहणको लागि आउने विदेशी पर्यटकहरुले अब नेपालमा अवतरण गर्ना साथ सुरक्षित बीमालेख प्राप्त गर्ने छन् ।

उक्त बीमालेखको बारेमा जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नेपाललाई अझै सुरक्षित पर्यटन गन्तव्य बनाउनका लागि नयाँ बीमालेखको सुरुवात गरिएको जानकारी दिए ।

यसमा कम्पनीले तीन तहको सुरक्षा प्रदान गर्नेछ जसमा पहिलो संस्कृतिक भ्रमण, शैक्षिक भ्रमण तथा अवकास यात्राको लागि दोश्रो पदयात्राको लागि र तेश्रो हिमाल आरोहणको लागि फोकस गरेर उक्त बीमालेखको सुरुवात गरिएको हो, जसबाट पर्यटकहरु सुरक्षित र ढुक्क भएर यात्रा गर्न सक्नु हुनेछ ।

यात्राको क्रममा केही त्यस्तो दुर्घटना हुन गएमा सहज र नगद रहित औषधोपचार समेत यस बीमालेखमा व्यवस्था गरिएको बारेमा श्रेष्ठले जानकारी गराए । यस बीमालेख खरिद गर्ने प्रत्येक पर्यटकसँग सेटेलाईट जडित विशेष उपकरण उपलब्ध रहेको हुनेछ जसबाट आपतकालिन अवस्थामा यात्रुले सिधै बटम थिचेर तुरुन्तै उद्धारको लागि सेवा प्रदायक र चिकित्सकहरुसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नु हुनेछ ।

जसले गर्दा घाइते पर्यटकको अवस्था हेरी तुरुन्त सहज रुपमा स्थल मार्ग तथा हेलिकप्टर सेवा सहित अस्पतालहरुमा औषधोपचार गराउन सकिने छ । अन्ततः ढुक्क भएर सुरक्षित साथ हरेक पर्यटकले नेपालको हरेक क्षेत्रमा घुम्न, दृष्यावलोकन, पदयात्रा अथवा हिमाल आरोहण गर्न सक्नु हुनेछ ।

बीमालेख अन्तर्गत हुने कभरेजहरुः
१.आपतकालीन उद्धार खर्च – हेलिकप्टर वा स्थलमार्गद्वारा गर्ने उद्धार सेवाको खर्च समावेश ।
२.चिकित्सा खर्च – अस्पताल उपचार, शल्यक्रिया, औषधि र अन्य स्वास्थ्य सेवामा हुने खर्च ।
३.उच्च जोखिम क्षेत्र÷उचाइजन्य सुरक्षा – विभिन्न उचाइमा हुने स्वास्थ्य समस्या वा जोखिमलाई कभरेज ।
४.अपाङ्गता वा मृत्यु लाभ – दुर्घटनाबाट स्थायी अपाङ्गता वा मृत्यु भएमा प्रदान गरिने बीमा रकम ।
५.२४ सै घण्टा आपतकालीन सहायता सेवा – बहुभाषिक हेल्पलाइन र अन्तर्राष्ट्रिय उद्धार संस्थामार्फत निरन्तर सहायता ।

कम्पनीले यस बीमालेखको माध्यमबाट नेपालको पर्यटकको संख्या र पर्यटकको बसाई अवधि लम्ब्याउन मद्दत पुग्ने विश्वास लिएको छ जसले गर्दा पर्यटनको क्षेत्रमा नेपालले अझै प्रगति हासिल गर्ने र नेपाल एक सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विश्व सामु परिचित हुने विश्वास पनि कम्पनीले लिएको छ । अन्तमा, श्रेष्ठले उक्त बीमालेख नेपालमा दर्ता भएका ट्रेकिङ तथा पर्यटन एजेन्सीहरु मार्फत सहजै खरिद गर्न सक्ने व्यवस्था रहेको समेत जानकारी गराए । हाम्रो लक्ष्य केवल बीमा बेच्नु मात्र होइन, नेपालमा आउने सम्पूर्ण पर्यटकहरुलाई सुरक्षित महसुस गराउनु र संकटमा पर्यटकको जीवन रक्षामा तत्काल सहायता गर्नु पनि हो ।


प्रतिक्रिया दिनुहोस्