११ श्रावण २०८३, सोमबार

दशैंमा पेट्रोलियम पदार्थको वितरण सहज बनाउन निगमले तोक्यो सम्पर्क स्थान र व्यक्ति



काठमाडौं । नेपाल आयात निगम लिमिटेडले दशैंमा पेट्रोलियम पदार्थको वितरण सहज बनाउन देशभर विभिन्न स्थानमा सम्पर्क व्यक्ति तोकेको छ।

चाडपर्वको समयम सवारीसाधन चालक, उद्योग व्यवसायी तथा सर्वसाधारण उपभोक्तालाई कुनै समस्या नहोस् भन्ने उद्देश्यका साथ निगमले तोकिएका शाखा तथा डिपो कार्यालयमार्फत पेट्रोलियम पदार्थ वितरण गर्ने जनाएको छ।

यस क्रममा तोकिएका मितिमा उपभोक्ताले सहज रूपमा पेट्रोलियम पदार्थ प्राप्त गर्न सक्नेछन्।

निगमले वितरण कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित कार्यालयरडिपोका प्रमुख तथा कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ।