चाडपर्वको मौका छोपी बढी भाडा लिनेहरूलाई कारबाही गर्ने घिसिङको चेतावानी
काठमाडौं । यातायातमन्त्री कुलमान घिसिङले तोकिएको भन्दा बढी भाडा असुल्ने सार्वजनिक यातायात व्यवसायीहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
स्वीकृत भाडादरभन्दा बढी असुल्ने कार्य गैरकानुनी भएको भन्दै उनले यात्रुहरूलाई यस्ता गतिविधिको तत्काल जानकारी दिन आग्रह गरेका छन्।
चाडपर्वको अवसर पारेर मनपरी भाडा असुल्ने, टिकटमा कालोबजारी गर्नेजस्ता गतिविधिबाट यात्रुहरू निरन्तर हैरान भइरहेका गुनासा आएको भन्दै मन्त्री घिसिङले यस्ता गैरकानुनी कार्यहरू तुरुन्त रोक्न यातायात व्यवसायीहरूलाई नर्देशन दिएका छन्।













