आज आश्विन शुक्ल द्वादशीः दसैँ टीका र आशीर्वाद थाप्ने क्रम जारी
आज आश्विन शुक्ल द्वादशीः दसैँ टीका र आशीर्वाद थाप्ने क्रम जारी
काठमाडौँ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ ।
नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।
कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैं अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।
पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ।













