११ श्रावण २०८३, सोमबार

बाढीकाे अति उच्च जाेखिममा काठमाडौं उपत्यका, २० जिल्लामा ‘रेड अलर्ट’ जारी

बाढीकाे अति उच्च जाेखिममा काठमाडौं उपत्यका, २० जिल्लामा ‘रेड अलर्ट’ जारी



काठमाडाैं । देशभरका अधिकांश स्थानमा भएकाे भारी वर्षाका कारण काठमाडौँसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी भएकाे छ ।

निरन्तर वर्षा भइरहँदा बाढी पूर्वानुमान महाशाखाले आज बिहान काठमाडौँसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हाे। ‘रेड अलर्ट’ ले अति उच्च जाेखिमलाई संकेत गदर्छ ।

बाढी महाशाखाले आज काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा बाढीको अति उच्च जोखिमको सम्भावना देखिएको जनाउँदै रेड अलर्ट जारी गरेको हो।

साथै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लामा पनि आज बाढीको उच्च जोखिम देखिएको बाढी महाशाखाले जनाएको छ।

यस्तै कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेकाे भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।