७ श्रावण २०८३, बिहिबार

आज र भोलि सेयर बजार नखुल्ने



काठमाडौँ। दशैंको बिदा सकिएको भएपनि आइतबार र सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) नखुल्ने भएको छ।

सरकारले कोशी, मधेस र बागमती प्रदेशमा अविरल वर्षा भएर धनजनको जोखिम हुनसक्ने भन्दै दुई दिन सार्वजनिक विदा दिएपछि सेयर बजार पनि नखोल्ने भएको हो।

काठमाडौँमा आइतबार बिहानदेखि नै पानी रोकिएर घाम लाग्न थालेको छ । तर सरकारले दुई दिन दिएको सार्वजनिक बिदा फिर्ता लिइसकेको छैन।

यो बिदा फिर्ता नलिने हो भने आगामी मंगलबारबाट मात्रै सेयर बजार खुल्ने भएको छ। तर परिस्थिति सहज भएको भन्दै सरकारले बिदा फिर्ता लिएको अवस्थामा चाहिँ सोमबारबाटै बजार खुल्न सक्ने सम्भावना पनि बाँकी नै छ।


प्रतिक्रिया दिनुहोस्