लामाे दुरीका सवारी आज पनि कठमाडाैंबाट बाहिरिन नपाउने
लामाे दुरीका सवारी आज पनि कठमाडाैंबाट बाहिरिन नपाउने
काठमाडौं । लामो दुरीका गाडीहरुलाई काठमाडौंबाट बाहिरिन आज पनि राेक लगाइएकाे छ ।
काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले लामो दुरीका गाडी सञ्चालनमा रोक लगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दियाे ।
यस्तै यातायात व्यवसायीहरुज्लाञई तत्काल टिकट बुकिङ गर्नसमेत रोक लगाइएको छ । आज बिहानसम्म काठमाडौंबाट अति आवश्यक बाहेकका कुनै पनि गाडीलाई आज बिहानसम्म बाहिर जान दिइएको छैन भने कुनै गाढी काठमाडौं भित्रिएका पनि छैनन् ।
बसको टिकट काटेकाहरुलाई पनि पैसा फिर्ता दिइएकाे छ ।
शनिबारदेखि लगातार परेकाे भारी वर्षाले आएकाे बाढी र पहिरोका कारण सरकारले असोज १८, १९ र २० गतेसम्म सवारी साधनमार्फत् काठमाडौं उपत्यका आउजाउ गर्न रोक लगाउे निर्णय गरेको थियो ।













