मनाङ प्रदेशसभाको उपचुनाव स्थगित, सरकारले प्रदेश संरचना खारेज गर्न लागेको हो ?
मनाङ प्रदेशसभाको उपचुनाव स्थगित, सरकारले प्रदेश संरचना खारेज गर्न लागेको हो ?
काठमाडौँ । निर्वाचन आयोगले मनाङ प्रदेशसभाको उपचुनाव स्थगित गरेको छ ।
जेनजी आन्दोलनप्रश्चात गत भदौ २६ गते बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रदेश संरचना खारेज गर्ने मनसाय रहेको देखिन्छ ।
सोही योजना अनुरूप प्रदेशसभाको निर्वाचन पनि रोक्नुलाई अन्य दलहरूले सरकारले प्रदेश संरचना खारेज गर्न खोजेको बुझेका छन् ।
कात्तिक १७ गतेका लागि तोकिएको प्रदेशसभाको उपचुनाव रोकिएको हो । आज आइतबार भएको सरकार र निर्वाचन आयोगबिचको छलफलपछि आयोगले उपचुनाव स्थगित गरेको जनाएको छ ।
तोकिएको चुनाव नगर्ने सहमतिपछि हाललाई स्थगित गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएपछि त्यो क्षेत्र रिक्त छ ।
रुपन्देही ३ को प्रतिनिधिसभा उपचुनाव भने यसअघिनै स्थगित भैसकेको छ । प्रतिनिधिसभा विघटन भएसँगै प्रतिनिधिसभा उपचुनाव पनि रोकिएको हो ।













