११ श्रावण २०८३, सोमबार

सडक अवरुद्ध हुँदा अलपत्र यात्रुहलाई भैरहवाबाट चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइँदै

सडक अवरुद्ध हुँदा अलपत्र यात्रुहलाई भैरहवाबाट चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइँदै



काठमाडाैं । भारी वर्षाका कारण सडक यातायात बन्द भएपछि भैरहवामा अलपत्र परेका यात्रुहरुलाई चार्टर्ड विमान मार्फत काठमाडाैं ल्याइदै छ ।

अलपत्र परेका यात्रुहरुलाई आज दिउँसो पाैने ३ बजे नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत काठमाडाैं ल्याउन लागिएकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएकाे छ ।

आज बिरामी, अध्ययन तथा रोजगारीका लागि विदेश जान टिकट लिइसकेका यात्रु तथा पर्यटक लगायतलाई प्राथमिकता दिएर पठाइने छ ।

यी यात्रुहरुलाई आइतबार नै ल्याउने भनिए पनि तयारी नपुगेकोले आजका लागि सारिएकाे हाे । हिजो जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आग्रहमा निगमको १५८ सिट क्षमताको जहाजमार्फत यात्रुहरुलाई आइतबार राति ८ बजे भैरहवाबाट काठमाडौं पठाउने तयारी गरिएको थियो ।