११ श्रावण २०८३, सोमबार

इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुग्यो



काठमाडौं । लगाताकाे वर्षापछि आएको बाढी पहिरोमा परि इलाममा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको प्रहरीले जनाएकाे।

एक जना अझैं बेपत्ता छन् । इलाम नगरपालका–६ का महेन्द्र लिम्बु लाई पहिरोले घरसहित बगाएपछि उनी बेपत्ता भएका हुन् ।