११ श्रावण २०८३, सोमबार

प्रहरीले बुझ्यो ओली र लेखकविरुद्धको जाहेरी, जाँचबुझ आयोग पठाइयो

प्रहरीले बुझ्यो ओली र लेखकविरुद्धको जाहेरी, जाँचबुझ आयोग पठाइयो



काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरूद्धको जाहेरी लिएको छ ।

भदौ २३ गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै जेनजी आन्दोलनका मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध दिएको जाहेरी प्रहरीले बुझेर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको हो।

जाहेरीको कार्यक्षेत्र जाँचबुझ आयोग हुने भएकाले त्यहाँ पठाइएको प्रवक्ता एसपी पवन भट्टराईले बताए ।

मृतकका परिवार पुरुषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीले जाहेरी दिएका हुन् । एसपी भट्टराईका अनुसार ओली र लेखकले मानवताविरूद्धको कसुर र राज्यविरूद्धको कसुर गरेको भन्दै जाहेरी परेको थियो ।