वाणिज्य बैंकहरूले ल्याए आकर्षक घरकर्जा स्किम, कुन बैंकले कति ब्याजदरमा दिँदैछ ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

वाणिज्य बैंकहरूले ल्याए आकर्षक घरकर्जा स्किम, कुन बैंकले कति ब्याजदरमा दिँदैछ ?



काठमाडौं । घर बनाउन चाहने ग्राहकहरूका लागि वाणिज्य बैंकहरूले सस्तो ब्याजदरमा घरकर्जा स्किम सार्वजनिक गरिरहेका छन्। निरन्तर घट्दो ब्याजदरको परिवेशमा बैंकहरूले औसत ७ प्रतिशत स्थिर ब्याजदरमा ऋण उपलब्ध गराउने आकर्षक योजना ल्याएका हुन्।

हाल नबिल बैंकले ७ र १० वर्षको अवधिको लागि क्रमशः ६.९९ प्रतिशत र ७.४४ प्रतिशत ब्याजदरमा घरकर्जा दिइरहेको छ। ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत स्थिर ब्याजदर तोकेको छ भने एम्बेसि बैंकले ८.५० प्रतिशतमा घरकर्जा प्रदान गरिरहेको छ।

माछापुच्छ्रे बैंकले ५ वर्ष, ७ देखि १० वर्ष, र १० वर्ष बढी अवधिका लागि क्रमशः ७.५०, ७.५०, र ८.५० प्रतिशत ब्याजदरमा कर्जा दिइरहेको छ। लक्ष्मी सनराइज बैंकले १५ वर्ष अवधिका लागि ८.४४ देखि ११.९९ प्रतिशत ब्याजदर तोकेको छ। कुमारी बैंकले १० वर्ष अवधिका लागि ७.५९ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइरहेको छ।

एमआईबीएल एशियाले १० वर्ष अवधिका लागि ८.५० प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ भने नेपाल बैंकले ५ र १० वर्षको लागि ७.१० र ८.११ प्रतिशत ब्याजदर लिएको छ। एनएमबि बैंकले १० वर्ष अवधिका लागि ८.९९ प्रतिशत ब्याजदर कायम गरेको छ।

प्राइम बैंकले ७.९९ प्रतिशत, प्रभु बैंकले ५ वर्ष, ५ वर्ष माथिको अवधिका लागि ८.५० प्रतिशत ब्याजदरमा ऋण दिने बताएको छ। राष्ट्रिय वाणिज्य बैंकले ५, १० र १५ वर्ष अवधिका लागि क्रमशः ७.५५, ८.०५, र ८.५५ प्रतिशत ब्याजदर राखेको छ।

नेपाल एसबिआई बैंकले ५ वर्षदेखि २० वर्ष अवधिका लागि ६.९९, ७.४९, र ८.४९ प्रतिशत ब्याजदर लागू गरेको छ। सिद्धार्थ बैंकले १० वर्ष, १० वर्ष माथिको अवधिमा ८.९९ प्रतिशत स्थिर ब्याजदर प्रदान गरिरहेको छ भने स्टान्डर्ड चार्टर्ड बैंकले ५, १० र १० वर्ष माथिको अवधिका लागि क्रमशः ७.९९, ८.५५, र ८.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

सिटिजन्स बैंकले १० वर्ष अवधिका लागि ८.५० प्रतिशत ब्याजदरमा ऋण दिने जनाएको छ। कृषि विकास बैंकले ५, ७, १०, १५ र २० वर्षभन्दा बढी अवधिका लागि क्रमशः १०.१५, १०.२५, १०.५५, १०.७५, र ११.०५ प्रतिशत ब्याजदर कायम गरेको छ।

त्यस्तै हिमालयन बैंकले ७ वर्ष अवधिका लागि ७.५९ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराइरहेको छ।

यसरी हेर्दा, हाल वाणिज्य बैंकहरू प्रतिस्पर्धात्मक दरमा घरकर्जा उपलब्ध गराउन अग्रसर छन्। यसले घर निर्माण वा खरिद गर्न चाहने ग्राहकहरूका लागि सहज कर्जाको पहुँच विस्तार गरेको छ। धेरैजसो बैंकहरूले स्थिर ब्याजदर दिने भएकाले भविष्यको ब्याज वृद्धिबाट जोगिने अवसर पनि ग्राहकहरूले पाउनेछन्।


प्रतिक्रिया दिनुहोस्