शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम मौका
काठमाडाैं । शिव श्री हाइड्रोपावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले भदौ १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।
यस अनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
















