एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ ।

बैंकले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि भोली अर्थात असोज २४ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले कात्तिक १२ गते, बुधबार, आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।


प्रतिक्रिया दिनुहोस्