२६ सय ६२ बिन्दुमा पुगेर फर्कियो नेप्से, बढ्न सकेन काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

२६ सय ६२ बिन्दुमा पुगेर फर्कियो नेप्से, बढ्न सकेन काराेबार



काठमाडौं । दशैं बिदापछि खुलेर निरन्तरी दुई दिन भारी अंकले घटेको सेयर बजारमा बिहिबार दोहोरो अंकको सुधार देखिएको छ । मंगलबार र बुधबार दुईदिनमा १०३.९१ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज २२.५९ अंकले बढेको हो ।

सेयर बजार कारोबार खुलेको ३ मिनेटमै १०२.४१ अंक अर्थात् ४ प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक लागेको थियो । दिनभर सम्हालिदै आउको सेयर बजार आज अन्तमा ०.८८ प्रतिशतले बढेको सेयर बजार २५ सय ८२ दशमलव १८ बिन्दुमा फर्किएको छ ।

नेप्से परिसूचक बढे पनि आज काराेबार रकम भने खुम्चिएकाे छ । यसदिन ३१३ कम्पनीकाे १ कराेड १८ लाख ३० हजार कित्ता सेयर ५ अर्ब २७ कराेड ३२ लाख २१ हजार रूपैयाँमा किनबेच भएकाे छ ।

हिजाे ३५ कम्पनीकाे १ कराेड ३७ लाख ४९ हजार ५०४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ कराेड २७ लाख रूपैयाँकाे काराेबार भएकाे थियाे ।

आज अन्य समुह बाहेक सबै समुहकाे सेयर मूल्य बढेकाे छ ।

बुधबार साझ नेपाल राष्ट्र बैंकले सेयर धिताे कर्जामा लागेकाे २५ कराेडकाे सिमा हटाएपछि आज सेयर बजारमा केहि उत्साह देखिएकाे हाे ।


प्रतिक्रिया दिनुहोस्