भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज गर्ने सरकारको निर्णय
भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए।
यस्तै बैठकले अध्यागमन र भिजिट भिसामा देखिएका समस्या समाधान गर्न गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने र इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय समेत गरेको छ ।













