११ श्रावण २०८३, सोमबार

११ बजे गुण्डुमा एमाले सचिवालय बैठक बस्दै

११ बजे गुण्डुमा एमाले सचिवालय बैठक बस्दै



काठमाडाैं । भक्तपुरको गुण्डुमा आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।

बैठक आज बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए।

यसअघि गएको आइतबार बस्ने भनिएकाे एमाले सचिवालय बैठक अविरल वर्षासँगै बाढीपहिरो र डुबानको समस्या बढेपछि आजको लागि सारिएको हो।

बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा पनि तय गर्ने बताइएकाे छ ।