आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न प्रभु केबलकारले डाक्यो वार्षिक साधारणसभा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न प्रभु केबलकारले डाक्यो वार्षिक साधारणसभा



काठमाडौं । प्रभु केबलकार एन्ड टुरिजमले आफ्नो प्रथम वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आगामी पुस २६ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ।

सभाले सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। शेयर जारपछि प्राप्त रकम उपभोग गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

यस्तै सभाले प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछभने गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।


प्रतिक्रिया दिनुहोस्