११ श्रावण २०८३, सोमबार

प्रभू टेक्नोलोजीको लाइसेन्स राष्ट्र बैंकले गरेन नविकरण

प्रभू टेक्नोलोजीको लाइसेन्स राष्ट्र बैंकले गरेन नविकरण



काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभू टेक्नोलोजी प्राइभेट लिमिटेडलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र (लाइसेन्स) नविकरण गरेको छैन् ।

प्रभूले २०७६ फागुन ११ गते भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको थियो । केन्द्रिय बैंकका अनुसार भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा १३(४) को व्यवस्था बमोजिम नविकरण नगरिएको जनाएको छ ।

उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन बाँकी भए आजैका मितिले ३० दिनभित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।