जेनजी प्रदर्शन र बाढी पहिरोबाट क्षति पुगेका संरचना पुनर्निर्माणमा बजेट रकामान्तर गर्ने
जेनजी प्रदर्शन र बाढी पहिरोबाट क्षति पुगेका संरचना पुनर्निर्माणमा बजेट रकामान्तर गर्ने
काठमाडौं । सरकारले जेनजी प्रदर्शन र हालैका बाढी पहिरोबाट क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि चालु आर्थिक वर्षकै बजेटबाट रकामान्तर गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयलाई रकामान्तरको सीमा नराखी आवश्यक रकम व्यवस्थापन गर्न आदेश दिने निर्णय गरेको हो ।
सरकारले प्रभावित सेवा सुचारु, राहत वितरण, आर्थिक पुनरुत्थान र निर्वाचन सञ्चालनका लागि बजेट यही वर्षको स्वीकृत कार्यक्रम भित्रै व्यवस्थापन गर्ने जनाएको छ ।













