काठमाडौं उपत्यकामा सडक मर्मत र डाइभर्सन, पहाडी क्षेत्रमा बाढी–पहिरोले सडक अवरुद्ध
काठमाडौं उपत्यकामा सडक मर्मत र डाइभर्सन, पहाडी क्षेत्रमा बाढी–पहिरोले सडक अवरुद्ध
काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न चोकहरूमा अहिले ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सवारी साधनहरूलाई केही समय रोकिनु पर्ने भएको छ ।
वाइपासचोकदेखि बालाजु बाइसधारा हुँदै चल्ने सवारीहरूलाई सडक पिचको काम भइरहेकाले डाइभर्सन मार्फत सञ्चालन गरिएको छ । यो दिउँसो १ बजेसम्मको अपटेड हो ।
मेट्रो ट्राफिक एफएमका अनुसार उपत्यकाको मुख्य–मुख्य चोकहरूमा सामान्य भीडभाड देखिए पनि आवागमन नियन्त्रणमा रहेको छ । तर, पहाडी र पूर्वी भेगका केही सडकखण्ड भने बाढी तथा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् ।
संखुवासभाको मकालु गाउँपालिका–३ स्थित एकुवा क्षेत्रमा खसेको पहिरोका कारण कोशी राजमार्गमा सवारी आवागमन ठप्प रहेको छ । त्यस्तै, पासाङल्हामु राजमार्ग अन्तर्गत रसुवाको गोसाईंकुण्ड गाउँपालिका–३ फ्याङलुङमा बाढीले सडक कटान गरेकोले यातायात सेवा अवरुद्ध भएको छ ।
रसुवाकै गोसाईकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने मितेरी पुलमा समेत बाढीले क्षति पुर्याएका कारण अन्तरदेशीय सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ ।













