सार्वजनिक भयो त्रिविको सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, यस्तो छ पूर्णपाठ
सार्वजनिक भयो त्रिविको सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, यस्तो छ पूर्णपाठ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गा र अचल सम्पत्तिको अवस्थाबारे तयार पारिएको महत्वपूर्ण प्रतिवेदन अन्तत: सार्वजनिक भएको छ ।
लामो समयदेखि गोप्य रूपमा राखिएको यो प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो ।
उक्त प्रतिवेदन विश्वविद्यालयले गठन गरेको ंजग्गा तथा अचल सम्पत्ति खोजबिन समिति’ले तयार पारेको हो । जसमा विश्वविद्यालयको देशभर फैलिएको सम्पत्तिको हालको स्थिति, प्रयोगको अवस्था र व्यवस्थापनसम्बन्धी सिफारिसहरू समावेश छन् ।
प्रतिवेदन पहिला नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको थियो । तर, त्यसबेला सार्वजनिक नगरिएको कारणले यसले प्रश्न उठाउँदै आएको थियो । शिक्षा मन्त्रालय सम्हालेपछि अन्तरिम सरकारका मन्त्री महावीर पुनले प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।













