११ श्रावण २०८३, सोमबार

पेस्तोलसहितको भिडियो सार्वजनिक भएपछि टीओबी सदस्य दावा प्रहरी नियन्त्रणमा

पेस्तोलसहितको भिडियो सार्वजनिक भएपछि टीओबी सदस्य दावा प्रहरी नियन्त्रणमा



काठमाडौं । सामाजिक सञ्जालमा पेस्तोलसहित देखिएको भिडियो भाइरल बनेपछि आफूलाई टीओबी समूहको सदस्य बताउने तेन्जेन दावालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दावा हाल प्रहरीको कस्टडीमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

भिडियोमा दावाले ’टीओबी’ लेखिएको टिसर्ट लगाएका छन् र कम्मरमा पेस्तोल बोकेको देखिन्छ। प्रारम्भिक बयानमा उनले उक्त भिडियो जेनजी आन्दोलन अघि खिचिएको र प्रयोग भएको पेस्तोल नक्कली भएको बताएका छन् । त्यो दृश्य कुनै सुटिङको क्रममा खिचिएको दावाको दाबी छ ।