११ श्रावण २०८३, सोमबार

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ



काठमाडौं । वीर अस्पतालका लेखा अधिकृत ढुण्डिराज दाहाल १ लाख २० हजार ८५० रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न सप्लायर्स र ठेकेदारलाई बिल भुक्तानी गर्दा घुस लिएको सूचनाका आधारमा दाहालको कार्यकक्षमा छापा हानेको थियो ।

छानबिनका क्रममा नगदसहित एक थान मोबाइल फेला पारिएको र उनलाई तत्काल नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । हाल भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बोडे निवासी हुन् ।